
तुलसीपुर,१३ कात्तिक । दाङको तुलसीपुरबाट चार जुडाडेलाई पक्राउ गरिएको छ । तुलसीपुर स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाइ पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।
पक्राउ पर्नेमा सल्यानको कुमाख गाउँपालिका–५ निवासी २९ वर्षीय प्रजित पुनमगर,तुलसीराम केसी,सुबास ओली र प्रबिन रावत रहेका छन् । बिहीबार राति खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५९ हजार ५६० रुपैयाँ र ६ जोडी तास बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



लाइभदाङ । १४ कार्तिक २०८३, शुक्रबार १४:५४ बजे