आगलागी पिडित परीवारलाई स्थानिय सरकारबाट राहात सामाग्री वितरण

दंगीशरण, २५ माघ ।
दंगीशरण गाउँपालिका वडा नं.२ मा बुधबार अपरान्हमा भएको आगलागि पिडित परीवारलाई स्थानिय सरकारले तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा सहितका सामाग्री वितरण गरेको छ । बुधबार अपरान्ह दंगीशरण गाउँपालिका वडा नं.२ निवासी गिता कुमारी बिक तथा मिन प्रसाद बिकको घर विद्युत तार सर्ट हुदा घर पुर्ण रुपमा जलेर नष्ट भएकोथियो । आगलागिबाट करीव ७ लाख बरावरको क्षती भएको अनुमान गरीएको छ ।

स्थानीय सरकार जनताको हरेक सुख दुःखमा साथ मै रहेको अनुभुती गराउन आफुहरु तत्कालका लागि चाहिने खाद्य सामाग्री सहित पिडित परीवारको घरमै पुगि सहयोग हस्तान्तरण गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले बिपतको बेला सबै जना मिलि सहयोग गर्ने बानिको विकास गर्न आग्रह गर्नुभयो । पछिल्लो समय नयाँ घरका संरचना निर्माण गर्दा जोखिमयुक्त ठाउँको पहिचान गरीमात्र निर्माण गर्न सुझाव दिनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बिपतको यस घडीमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सद्भाव र सबैको सहानुभूतिको भाव देखाउन आग्रह गर्नुभयो । बुधबार भएको आगलागीको घटना पश्चात जनप्रतिनिधिलाई ढिला जानकारी भएको र आगलागीबाट भएको क्षेती प्रती दुःख ब्यक्त गर्नुभयो ।


यस्तै वडा नं. २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले घटनाका पिडित परीवारलाई हरेक सहयोगि संस्थाहरुसंग समन्वय गरी राहात सामाग्री प्रदान गर्नतर्फ आफुहरु लाग्ने बताउनुभयो ।

स्थानिय सरकार गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष शम्भु गिरीको नेतृत्वमा चामल १क्विन्टल, दाल १ लम्बर, नुन ५ केजि, बलान्केट २ वटा, झुल ३ वटा, दबाटा ३ वटा बाल्टी २ वटा, टी फम ३ पिस, मग २ टबेल २ वटा,खाट २ वटा,डसना २ वटा,तकिया ३ वटा, नुन ,बेसार,सोयाविन,खुर्सानि खाने तेल गरी करीव २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरीएको हो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।