ठूला दल मिलेर बनेको सरकारले पनि ब्यबसायीको हितमा काम गरेन : राणा

तुलसीपुर, २० वैशाख  । नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व केन्द्रीय अध्यक्ष भवानी राणाले बर्तमान सरकारले उद्योगी, ब्यबसायीको हितमा काम गर्न नसकेको बताईन् ।

दुई ठूला दल मिलेर बनाएको सरकारले पनि निजी क्षेत्रको आशा जगाउने बजेट ल्याउन सक्ने अबस्था नरहेको बताईन् ।
शनिबार तुलसीपुर उद्योग बाणिज्य संघको ३० औं साधारण सभालाई सम्बोधन गर्दै पूर्व केन्द्रीय अध्यक्ष राणाले अर्थतन्त्रको बिकास गर्ने भन्दापनि नेताहरु कुर्सी बचाउने खेलमा लागेको तर्क गरिन ।


राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा अपेक्षाकृत रुपमा आशा जगाउन नसकेको उनको भनाई थियो ।