मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास

दाङ,२५ असार ।
दाङको एतिहासिक बजार हापुरेमा ढल निकासको समस्या समाधान भएको छ ।

बबई गाउँपालिका वडा नं.५ स्थित हापुरे बजारमा यस अघि ढल निकास नहुँदा डुवान हुने अबस्था थियो । तर, अब त्यो समस्या हटेको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा प्रदेश सरकारको २० लाखको अनुदान र जनश्रमदानबाट ढल निकास निर्माण भएको हो । ढल निकासको काम पूरा भएपछि मन्त्री मास्कीले सोही स्थानको अनुगमन गरेका छन् ।


त्यस अवसरमा उनले पश्चिम दाङका धेरै समस्याहरु तत्काल हल गर्ने गरि काम अघि बढाएको समेत बताए ।

उनले विकास निर्माणको कामलाई दिगो र प्रभाबकारी बनाउनकालागि नियमित अनुगमन गर्ने समेत बताए ।