हापुरे, १३ माघ ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बबईको बैठक शुक्रबार हापुरेमा सम्पन्न भएको छ । शुक्रबार अखिल नेपाल महिला संघ बबईका अध्यक्ष रुपा रानाको अध्यक्षता, अखिल नेपाल महिला संघका स्थायी कमिटी सदस्य शुसिला रायमाझीको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज तुलसा केसी र अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य आस्मा चौधरीको बिशिस्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले अखिल नेपाल महिला संघ जिल्ला तथा क्षेत्रीय कमिटी संगको समन्वयमा पालिका स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै अखिल नेपाल महिला संघको वडा कमिटी बिस्तार हुन बाकि बबई गाउँपालिका वडा नम्बर १ र ६ मा कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । बैठकले फाल्गुन मसान्तभित्र सदस्यता नविकरण गर्ने पनि निर्णय गरेको छ।
साथै बैठकले पार्टीका कृयाशिल सदस्यहरु कर्णबहादुर डाँगी, लोकबहादुर डाँगी र डम्बरबहादुर डाँगीको ममतामयी आमा तथा अखिल नेपाल महिला संघ बबईका अग्रज सदस्य तिलसरी डाँगीको निधनप्रति दुख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना अर्पण गर्ने निर्णय गरेको छ।
मिना विश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अखिल नेपाल महिला संघका प्रदेश कमिटी सदस्य राजकुमारी बुढा, क्षेत्र नम्बर ३ क संयोजक यमुना परियार,जिल्ला कमिटी उपाध्यक्ष शोभा खड्का नेकपा एमाले दाङ जिल्ला सदस्य द्वय टेकबहादुर वली, र रामबहादुर डाँगी, एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्मा लगायतकाले बोल्नुभएको थियो । बैठकको सञ्चालन नेपाल महिला संघ बबईका सचिव नोखी डाँगीले गर्नुभएको थियो ।
लाइभदाङ । १३ माघ २०८०, शनिबार १५:११ बजे