प्रजिअ लाई खाद्य अधिकार सञ्जाल दाङको ज्ञापन पत्र

घोराही, १८ जेठ ।
खाद्य अधिकार सञ्जाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यलाई ज्ञापन पत्र बुझाएको छ । सञ्जाल दाङको आयोजनामा खाद्य अधिकार सञ्जाल लुम्बिनी प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक बसि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापक पत्र बुझाउने निर्णय गरेको हो । सोहि निर्णय अनुसार ज्ञापन पत्र बुझाएको हो ।

पछिल्लो समय खाद्यान्न उत्पादनमा किसानहरुलाई निकै समस्या परेको भन्दै समस्या समाधानको लागि सरकारको ध्यानाकर्ष गराउनको लागि ज्ञापन पत्र बुझाइएको सञ्जाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले बताउनुभयो । खाद्य अधिकार सञ्जालले किसान तथा खाद्य क्षेत्रको बारेमा काम गर्दै आएको छ ।


सञ्जाल दाङकि अध्यक्ष साजिदा सिद्धिकि, सञ्जालका प्रदेश संयोजक सुरेश गौतम , महासचिव मौसम आचार्य लगायत अन्य सदस्यहरुको टोलीले वर्षायाम सुरु हुदै गर्दा किसानलाई मल विउ सहज रुपमा उपलब्ध गराउने , सगरमाथा सिमेन्ट उद्योगको प्रदुषनका कारण सो क्षेत्रमा रहेका खेतियोग्य जमिनमा उब्जनि नभएको भन्दै त्यसको व्यवस्थापनको माग , बाढिले खेतियोग्य जमिक कटान गरी बगरमा परीनत भएको हुँदा बाँकि रहको जमिन कटानबाट बचाउन तत्काल तटबन्ध गर्नुपर्ने र कुसुन्डा समुदाएका नागरीकहरुको नागरीकता सहज रुपमा उपलब्ध गराउने र उनीहरुको उचित आवासको व्यवस्थासंगै खाद्यान्न व्यवस्थापनको माग लगायतका कुराहरु समेटिएको ज्ञापन पत्र प्रजिअ बैद्यलाई बुझाईको हो ।

कार्यक्रमको बारेमा संजालका प्रदेश संयोजक सुरेश गौतमले जानकारी गराउनु भएको थियो, भने संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले पत्र हस्तान्त्रण गर्नुभएको हो ।