बागर स्वास्थ्य केन्द्रमा डाक्टरको स्वागत

निराश पान्डे
शान्तिनगर,१३ भदौ । दंगिशरण गाउँ पालिका वडा नं. ६ बागर स्थित श्रीगाउं प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुले नयाँ नियुक्ति भइ आएका डा. केशब केसीलाई स्वागत तथा सम्मान गरेका छन् ।

सोमबार एक कार्यक्रमकाबीच स्थायी दरबन्दीमा रहेका डा. रबिन गौतम तीन बर्षका लागि अध्यन बिदामा गएको हुनाले उक्त स्वास्थ्य केन्द्रमा डा. कृष्ण घर्ती लाई एक बर्ष अघि करारमा नियुक्ति गरिएको थियो । डाक्टर घर्तिको एक बर्षिय करार अबधि गत साउन एक गते देखि सकियको हुनाले दंगिशरण गाउँ पालिकाले डाक्टर केशब केसीलाईलाई करारमा नियुक्ति गरेको थियो।


स्वास्थ्य केन्द्र परिसरमा गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा दंगीस्शरण गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र हमाल , स्वास्थ्यकर्मीहरु र श्रीगाउं स्वास्थ्य केन्द्र बागरमा एक महिने क्लिनिकल फिल्डमा खटि आएका राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका बिद्यार्थी हरुको पनि सहभागिता रहेको थियो ।

उक्त परिचयात्मक कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख दिपक राज वलीले गरेका थिए । नियुक्ति भए संगै आजै देखि डाक्टर केसीले सेवा दिन थालेका छन् । डाक्टर केसी शान्तिनगर गाउँपालिका वडा नं.३ निवासी हुन् ।