चिसो बढेपछि विद्यालय बन्द

दाङ, ९ माघ ।
दाङमा चिसो बढेपछि लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठका अनुसार आज (मंगलबार) देखि १२ माघसम्म विदालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पु¥याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो । नगर कार्यपालिकाका निर्णय गरेर नै बन्द गरिएको हो । पालिका भित्रका निजि र सामुदायिक सबै विद्यालयहरु मंगलबारदेखि बन्द भएका हुन् ।