प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीको पनि आवेदन

तुलसीपुर
१४ पुस / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १७ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन् ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री विरोध खतिवडा संयोजक रहेको समितिले एक साताको समय दिँदै आवेदन माग गरेको थियो। निर्धारित समयभित्र १७ जनाले आवेदन दिएका हुन् । जसमा पूर्व उपकुलपति प्रा.डा. संगीता भण्डारीले पनि आवेदन दिएकी छिन्, भने हालका निमित्त उपकुलपति डा. बसन्त लामिछानेले पनि आवेदन दिएका छन् ।


यी हुन् आवेदन दिनेहरु
प्रा.डा. संगीता भण्डारी
डा.विकास लामिछाने
डा. पवनजंग रायमाझी
डा. प्रदीप घिमिरे शर्मा
डा. भुमेश्वर आचार्य
डा. बसन्त लामिछाने
प्रा.डा. राजेन्द्रराज वाग्ले
डा. जितनारायण यादव
डा. विश्वनाथ यादव
डा. रामेश कोइराला
प्राडा रेवतीरमण मल्ल
प्राडा नारायण विक्रम थापा
डा. प्रवीण श्रेष्ठ
डा. लक्ष्मीनारायण सिंह
डा.सन्जयकुमार ठाकुर
डा.ऋषिकेशनारायण श्रेष्ठ
डा.प्रमोद रेग्मी