बलात्कार मुद्धामा मार्सलले गरे अदालतमा आत्मसमर्पण

दाङ, १० पुष । धरौटिमा छुटेका बलात्कार मुद्धाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई थुनेर कारबाही गर्न उच्च अदालतको आदेश दिएपछि उनि अदालतसामु आफै आत्मसमपर्ण गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि रामबहादुर केसिले मार्सल अदालतमा सिधै आत्मसम्पर्ण गरेको बताए । उच्च अदालतले मार्सललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले धरौटिमा छुटेका उनि विरुद्ध खोजि कार्य तिव्र पारेको थियो । प्रहरीले खोजि गरीरहेकै वेला उनले अदालतमा आफै उपस्थित भएर आत्मसमपर्ण गरेको र प्रहरीले अदालतवाट उनलाई कारागार बुझाएको एसपि केसिले बताए । बलात्कार मुद्धामा पिडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनराबेदन गरेकि थिइन । जिल्ला अदालत घोराहीले मार्सल विरुद्धको बलात्कार मुद्धामा दाङ जिल्ला अदालतमा जाहेरी दर्ता पछि थुनछेक आदेश गर्नेक्रममा अदालतले धरौटिमा छोड्न आदेश गरेको थियो । जिल्ला अदालतको आदेश उल्टयाउदै उच्च अदालत तुलसीपुरले थुनेर कारबाही गर्न आदेश गरेको हो । उच्च अदालतका मुख्य न्यायाधिस रत्नबहादुर बाग्चन्द र उच्चकै न्यायाधिश अच्युतम कुमार आचार्यको इजलाशले उक्त आदेश गर्दै मार्सललाई थुनेर कारबाही गर्न यसअघि आदेश दिएको थियो ।