बिजौरी उवासंघमा स्वागत तथा भेटघाट कार्यक्रम

बिजौरी, १० भदौ ।
बिजौरी उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ललाई स्वागत तथा भेटघाट गरेको छ ।

संघका कावा अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी मल्लले प्रहरीले अपराध न्युनीकरण गर्नको लागि संवेदनशील भएर काम गर्नु भर्ने बताए । समाजलाई हरेक किसिमले सपोर्ट गर्नुपर्ने हुन्छ, प्रहरी फटाहा चोरसँग पनि संगत गर्दै अपराध न्युनीकरण गर्नुपर्ने उनले बताए ।

त्यस्तै डिएसपी मल्लले प्रहरीले जन्मदेखि मृत्यु संस्कारसम्म कुनै न कुनै हिसावले सेवा प्रवाह गरिरहेको बताए । ‘सूचना भनेको शक्ति हो, विभिन्न चोरीका घटना लगायत सामाजिक, अपराधिक घटनाहरुका बारेमा सबै जानकारी हुन जरुरी छ ।’ उनले भने ‘चाडपर्व नजिकिदै गरेको छ सबै महिला दिदीबहिनीहरुले गहना लगाएर प्रदर्शन नगर्नुहोस्, अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुले कतिबेला मौका पाउला र गाहना छिनेर लग्छु भनेको हुन्छ त्यसैले त्यो अवसर नदिनुस् ।’


संघका उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेश्मीराज खड्काले बिजौरी–हेमन्तपुर क्षेत्रमा सुरक्षाकर्मीहरुको जनशक्ति थप हुनुपर्ने बताएका थिए । चाडपर्व नजिकिदै गरेकोले विभिन्न सामाजिक तथा अपराधिक घटनाहरु घट्ने भएकाले अलि सजग हुन पनि प्रहरी प्रशासनलाई आग्रह गरे ।

उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मुकेश वली, गोविन्द रोका, ताराबहादुर कामी लगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव विदुरराज गौतमले गरेका थिए ।