तुलसीपुर
१५ वैशाख / तुल्सिपुर उपमहानगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्बार जित बहादुर केसीले आफु निर्वाचित भएमा वडालाई नमुना र सबैले गर्ब गर्न लायक बनाउने बताएका छन् ।
उनले प्रत्येक टोल–टोल आबश्यकताका आधारमा योजना तर्जुमा गर्ने समेत उनले बताए । साथै उनले वडालाई प्रबिधिमैत्री बनाउने समेत बताए ।
उनका प्रतिबद्धताहरु :
१. सहभागितामुलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण गरि छनौट गर्नेछु ।
२. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्नेछु। सबैको राय सल्लाह अनुसार अघि बढने छु।
३.वडाभित्रका योजनाहरुको कार्यान्वयन, नियमित अनुगमन गर्नेछु ।
४. वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने र कामको लेखाजोखालाई विशेष ध्यान दिने छु ।
५. वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने महत्त्वपूर्ण भुमिकामा हुनेछु ।
६. निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, मदरसा, जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, , गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, मिल आदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्नेछु ।
७. माबि अस्वारा, शहिद स्मृति स्कुल टिकरी लगायतका बिद्यालयलाइ अझ स्तर उन्नत गर्न पहल गर्ने र वडाका सामुदायिक तथा निजि बिद्यालयलाइ संयोजन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहन गर्ने, बालउद्यानको व्यवस्था र व्यवस्थापन, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्नेछु।
८. वडाको स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, बालबालिकाहरुलाई बि।सि।जि, पोलियो, भिटामिन ‘ए’ को व्यवस्था गर्ने, कोभिट खोप, पोषण कार्यक्रम संचालन गर्ने, वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम संचालन गर्ने, सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण तथा व्यवस्थापन गर्ने गराउने । अस्वारा स्थित भिमसेन शहरी स्वास्थ केन्द्रमा वडाको सहज पहुँच तथा वडाबासिलाइ विशेष सहुलियतको लागि पहल हुनेछ।
९. वडाका प्रत्येक घरमा शुद्ध पानी सहित धाराको प्रबन्ध, कुवा, इनार, पोखरीको निर्माण, संरक्षण तथा गुणस्तर नियमन गरीनेछ। घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरुको सरसफाई, ढल निकास, मरेका जनवार व्यवस्थापन, सतही पानीको निकास गर्ने, पानीको स्रोत अर्थात मूलको संरक्षण (वृक्षारोपण, तटबन्ध, खोला नियन्त्रण) गर्ने गराउने, फोहरमैला गर्नेलाई सम्बन्धित ऐन अनुसार जरिवाना गर्नेछु ।
१०. कृष्णमन्दीर पार्कलाई कृषि तथा फलपूल नर्सरीको स्थापना तथा समन्वय र प्रवद्र्धन गर्ने, वडास्तरीय अगुवा कृषक तालिम अभिमुखीकरण गर्ने, समयमै कृषि मलको माग गर्ने, कृषिमा लाग्ने रोगहरुको विवरण तयार गरी उचित सहयोग पुर्याउने।
११. पशुपंन्छी विकास, छाडा चौपायाँ व्यवस्थापन, वडाभित्रको सरकारी भूमिको संरक्षण तथा व्यवस्थापन गर्नेछु ।
१२. स्थानीय समुदायक चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न भुमिका हुनेछ । स्थानीय मौलिकता झल्किने सांस्कृृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रबर्धन गर्नेछु ।
१३. वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने, अन्तर विद्यालय तथा बाल क्लबहरु मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने गराउनेछु।
१४. वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, प्राथमिकका आधारमा ५ बर्ष भित्र वडाका मुख्य बाटाहरुलाइ कालोपत्रे गर्ने काम सक्नेछु। सबै बाटाहरुमा पक्की नाला निर्माण गरि आवजजावत सहज बनाइने छ।
१५. घरेलु उद्योगको लगत संकलन, सम्भाव्यता पहिचान गर्ने, वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्नेछु।
१६. छिटो तथा सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, अभिलेख अद्यावधिक गर्ने, बालपोषण तथा बाल संरक्षण सम्बन्धी काम गर्नेछु ।
१७. वडालाई बालमैत्री बनाउने, वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पखंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने, विभिन्न समुदायका बीचमा सामाजिक सदभाव र सौहार्दता कायम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता आदि जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्न पहल हुनेछ।
१८.) वडाभित्रका असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पाताल वा स्वास्थ्य केन्दमा पुर्याइ औषधोपचार गराउने, वडामा कुनै असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने गराउनेछु ।
१९. वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्धर्न गर्ने । वडा, टोल, वस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने, वडालाई वातावरणमैत्री बनाउने । ूएक घर एक बिरुवाू अभियान संचालन गरिनेछ।
२०. वडाभित्र संचालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुका कार्यको नियमन गर्नेछु।
२१. घर निर्माण तथा गुणस्तर कार्य भवन संहिता तथा मापढण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिन पहल हुनेछ्
२२. खाद्यान्न, माछा, मासु, तरकारी, फलफुल तथा उपभोग्य सामाग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्न पहल हुनेछ ।
२३. वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने र तिनीहरुलाई नियमित सञ्चालन गर्न महत्त्वपूर्ण भुमिका हुनेछ ।
२४. वडाबाट गरिने सम्पुर्ण सेवाप्रदायका कामहरू छिटो छरितो सहज तरिकाले हुनेछन। जसको लागि वडा कार्यालयलाई पुर्णरुपमा प्राविधि मैत्री गराइनेछ।
२५. वडामा अघिल्लो कार्यसमितिले गरेका बिकाश निर्माण लगायतका कामहरुको अपनत्व लिदै अपुरा कामहरु पूरा गरिनेछ १
२६. वडा नं. ८ लाई नमूना वडा बनाउन हरेक ६र६ महिनामा वडाले गरेका कामहरुको समिक्षा गरिनेछ र सबै सङ्ग छलफल गरि अघि बढनेछु।
लाइभदाङ । १५ बैशाख २०७९, बिहीबार २०:४४ बजे