भुकम्पले रुकुमपश्चिममा मानवीय क्षति

दाङ, १८ कात्तिक। शुक्रबार राति आएको भूकम्पमा परि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा मानवीय क्षति भएको छ ।

नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार १० जनाको मृत्यु भएको खबर आएको बताईन् । उनका अनुसार वडा नं. ११ मा ७ जना र वडा नं.१२ मा ३ जनाको मृत्यु भएको भनि खबर आएको बताईन् ।


त्यसकालागि प्रहरी घटनास्थलमा गइरहेको उनको भनाई छ । आठविसकोटमा घरहरुमा पनि क्षति भएको छ । केही घाइते भएकाले उद्दारको काम पनि भइरहेको उनले बताईन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले १० जनाको मृत्यु भएको भनि अपुष्ट खवर आएको जानकारी दिए । त्यस्तै सानीभेरी गाउँपालिकाको पुर्तिमकाँडामा १ जना च्यापिएको खवर आएपछि प्रहरी टोली पठाइएको छ । वडा नम्बर ४ पनि घरमा मानिसहरु च्यापिएको खबर आएको छ ।