तुलसीपुरका सबै क्रसरलाई भ्याट बिल जारी गर्न निर्देशन

तुलसीपुर,३ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले सबै क्रसर उद्योगलाई भ्याट बिल जारी गरेर मात्रै नदी जन्य पदार्थ विक्री वितरण गर्न भनेको छ ।

आईतबार सूचना जारी गरि ढुंगा, गिट्टी,बालुवाजस्ता नदीजन्य पदार्थ विक्री गर्दा अनिवार्य रुपमा भ्याट विल जारी गरेर मात्र विक्री वितरण गर्न भनेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सबै क्रसरलाई पत्र पठाएर पछि जारी गरिएका भ्याट विल मान्य नहुँने समेत सोही पत्रमा जारी गरिएको छ ।


पछि जारी गरिएको बिल भेटिएमा भ्याट विल उपर ऐन नियम अनुसार समेत प्रमुख केसीले बताए ।