दाङमा एक गोठमा आगलागी हुँदा ५ लाख क्षेति

तुलसीपुर,२६ मंसिर । दाङमा एक गोठमा आगलागी  भएको छ । घोराही उपमहानगरपालिका १३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।


आगोलाई प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।