जापान जानकालागि तुलसीपुरमा खुल्यो स्काई बृज

तुलसीपुर, १ बैशाख । दाङको तुलसीपुरमा अध्ययनकालागि जापान जानेहरुकालागि स्काई बृज एबोर्ड स्टुडी प्रालि सञ्चालनमा आएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित सल्यानरोडमा सोमबारदेखि उक्त प्रालि सञ्चालनमा आएको हो । शनिबार प्रालिको उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर पारी ९० बर्षीय बेद प्रसाद वलीले उक्त प्रालि उद्घाटन गरेका हुन् ।


उक्त कार्यक्रममा रेशम प्रकाश मल्ल, कमल प्रकाश हमाल,प्रेम प्रकाश मल्ल, निशान क्षेत्री,खड्क विक,अनुजा कुँवरलगायतले ब्यबसाय सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

डम्मरराज वली र अरुण कुमार चन्दले उक्त प्रालि सञ्चालनमा ल्याएका हुन् । जापान जानेहरुको मागलाई मध्येनजर गरि तुलसीपुरमा उक्त प्रालि सञ्चालनमा ल्याएको उनीहरुको भनाई छ ।