तुलसीपुरमा एउटै काेठामा श्रीमान-श्रीमति मृत फेला

तुलसीपुर, २० असोज ।
तुलसीपुर ९ बेलुवामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

कोठा भाडामा बस्ने सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिए ।


युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको बेडमा फेला परेकी छन् । घटनाको प्रकृती हेर्दा श्रीमानले श्रीमतिलाई हत्या गरि आफू झुन्डिएको हुन सक्ने अनुमान गरिएकाे छ । भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् ।

शनिबार बिहान अबेरसम्म नउठेपछि घर धनि राम बहादुर राम्जाले प्रहरीलाई खबर गर्नुभएको थियो । दुवै जनाले तुलसीपुरमा कोठा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्ने गरेका थिए ।