लुम्बिनीमा ८ महिनामा साढे ७ अर्ब बजेट खर्च

तुलसीपुर, १३ चैत ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा लुम्बिनी प्रदेश सरकारले साढे ७ अर्ब बजेट खर्च गरेको छ । प्रदेश सरकारले ल्याएको ३८ अर्ब ९७ करोड बजेट मध्ये फागुन मसान्तसम्ममा ७ अर्ब ५३ करोड ५९ लाख बजेट खर्च गरेको छ । जुन खर्च ३१ प्रतिशत रहेको प्रदेश लेखा नियत्रक दिपक ज्ञवालीले बताए ।

चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रहेकोमा ४ अर्ब ९७ करोड रुपैयाँ र पुँजीतर्फ २४ अर्ब ५८ करोड ५९ लाख रहेकोमा ७ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको उनले बताए । जुन चालु तर्फ ३४.५७ र पुँजीगततर्फ २९.८२ प्रतिशत हो ।

लुम्बिनी प्रदेशमा रहेका मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय मध्ये सबै भन्दा धेरै खर्च स्वास्थ्य मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले पुँजीगत र चालु गरी ५६.८७ प्रतिशत खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले कुल बजेटको ११.४९ प्रतिशत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले कुल बजेटको ३१.३८ प्रतिशत, ऊर्जा जलस्रोत मन्त्रालयले २४.५३ प्रतिशत खर्च गरेको छ ।


त्यस्तै उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको १७.५८ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८.८२ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १७.१९ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले २८ प्रतिशत, सामाजिक विकास मन्त्रालयको २१.१० प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ३२.६२ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको २७.०४ प्रतिशत र सबै भन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २.४७ प्रतिशत खर्च गरेको छ । साभारः अग्रिम साप्ताहिक