घोराही–तुलसीपुर चारलेनको टुंगो किन लागेन?

तुलसीपुर, १४ जेठ ।
दाङको घोराही–तुलसीपुर चारलेनको ठेक्का आह्वान भएको तीन महिना भन्दा बढि भइसक्यो । तर, पनि अहिलेसम्म त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन ।

गएको फागुनमा चारलेन निर्माणकालागि ३ अर्ब ९९ करोडको ठेक्का आह्वान भएपनि अहिलेसम्म त्यसको मूल्यांकनको काम हुन सकेको छैन । सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गर्दा पाँच जनाले ठेक्का हालेका छन् । ति ठेकेदार कम्पनीहरुको मूल्यांकनको काम भइरहेको निर्देशनालय प्रमुख दिप बराइले बताए । “पाँच वटा कम्पनीको ठेक्का प्रक्रियामा मूल्यांकन हुँदैछ”,उनल भने“विभागमा पठाएका छौं ।” यस अघि पनि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।

ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको तोकिएको  थियो । यस सडक खण्डमा अहिले भएका दुइलेनमा सीमित पुल पनि चारलेनकै बन्ने गरि ठेक्का आह्वान गरिएको थियो । ठेक्का अनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाइमा सडक चारलेन हुनेछ । यसको चौडाइ तीस मिटर र कालोपत्रेको मोटाइ १० सेन्टिमिटर हुने छ ।

त्यसमा अक्सपाल प्रविधिको पिच हुने छ । ४० एमएम कङ्क्रिट र ६० एमएम पिच गरी १० सेन्टिमिटर मोटाइको कालोपत्रे हुने छ । जुन नेपालका सबै राजमार्गको स्तरको मापदण्ड अनुरूपको हो । आयोजनाको कुल अवधि ३६ महिनाको हुने छ । सडक स्तरोन्नतिको ठेक्का एउटै क्लस्टरको हुनेछ ।


टरिगाउँ एयरपोर्टमा यस वर्ष बजेट पर्छः महासचिब पोख्रेल नेकपा(एमाले)का महासचिब शंकर पोखरेलले दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यो बर्ष बजेट पर्ने बताएका छन् ।

विजौरी–कोठेरी सडकको सिलन्यास गर्दै मंगलबार महासचिब पोख्रेलले टरिगाउँ एयरपोर्टलाई प्राथमिक योजनाका रुपमा अगाडी बढाएको बताए । “प्रधानमन्त्रीलाई पनि संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छौं, मन्त्रालयमा पनि प्रयाप्त छलफल भएको छ”,उनले भने “दिर्घकालिन हिसाबले त्यो एयरपोर्ट प्रयाप्त छैन । तै पनि दंगालीको भावना यसरी त्यही एयरपोर्ट बनाउनुपर्छ भन्ने भावना जागृत भएकाले यो बर्षको बजेटमा समावेश हुनेछ । साभारः अग्रिम साप्तहिक