तुलसीपुरमा प्रअ सरुवा अदालतद्वारा सदर

दीपक बोहरा
दाङ,८ असोज । तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्यलाई अदालतले सदर गरेको छ । सोमबार उच्च अदालत तुलसीपुरले सोही कार्यलाई सदर गरेको हो ।

गएको बैशाख २८ गते अदालतले अल्पकालीन आदेश दिँदै माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न आदेश दिएको थियो ।


हिमबहादुर डाँगीले दिएको निवेदन सोमबार सुनुवाई गरि उक्त कार्य सदर गरिदिएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक मानबहादुर रावतले जानकारी दिनुभयो ।

तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा कार्य गरिएको थियो। त्यो कार्यको कांग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघ-संगठनहरूले विरोध जनाएका थिए।