तुलसीपुरमा निजि क्षेत्रले गरे खेलाडीलाई सहयोग, प्रतियोगितामा सहभागि हुँदै

दीपक बोहरा
दाङ,७ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक सहयोग नगरेपछि चिन्तित बनेका तुलसीपुरका महिला फुटबल खेलाडीहरुलाई निजि क्षेत्रले सहयोग गरेपछि खुुसी भएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकाले तुलसीपुर उपमहानगरपालिकालाई महिला फुटबल खेलाडी सहभागिताकालागि निमन्त्रणा गरेपनि उपमहानगरपालिकाले आर्थिक सहयोग नगरेपछि खेल्नबाट बन्चित हुने चिन्तामा खेलाडीहरु थिए ।

त्यो कुरा लाईभदाङ डटकममा प्रकाशन भएपछि निजि क्षेत्रले ब्यहोरेको दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष शुसिल श्रेष्ठले बताए ।‘हामीले उपमहानगरपालिकामा जाँदा मेयरले तोक समेत लगाउनु भयो’,उनले भने‘तर,अहिले आएर बजेट छैन भनेर पन्छिनु भयो , त्यसपछि खेलाडीहरु निराश भएका थिए, अहिले निजिका बिभिन्न ब्यक्तीहरुले सहयोग गरेपछि खेलाडीहरु खुसी भएका छन् ।’

उपमहानगरपालिकासंग पोशाक, बसभाडा,प्राथमिक स्वास्थ्य,खाना,नास्तालगायत एक लाख ३० हजार माग गरिएको थियो । तर, त्यो रकम उपमहानगरपालिकाले नदिएपछि अमेरिकामा रहेका दाङवासीलगायत तुलसीपुरमा रहेको माइल्स इन्टरनेश्नल कन्सलटेन्सीले सहयोग गरेको छ । कन्सलटेन्सीले सबै खेलाडीलाई पोशाक र १५ हजार रुपैँया खर्च उपलब्ध गराएको छ । खेल क्षेत्रले कुनै पनि क्षेत्रलाई चिनाउने भन्दै आफूहरुले सहयोग गरेको कन्सलटेन्सीका निर्देशक सन्दिप भुषालले बताए ।

अन्य खर्च अमेरिकामा रहेका दाङवासीले गरेका छन् । खेलाडीले ५ वैशाखमा नाम दर्ता समेत गरिसकेका छन् । तुलसीपुरका खेलाडी बंगलादेशमा गएर पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै यसमा उपमहानगरपालिकाले चासो नदिएको उनको गुनासो थियो । वैशाख १० गतेदेखि प्रतियागिता हुँदैछ ।


र,यो पनि..

आर्थिककै कारण खेल खेल्नबाट बञ्चित भए तुलसीपुरका खेलाडी