‘जहाँ फार्मेसी, त्यहाँ फार्मासिष्ट’

तुलसीपुर
१० असोज / जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्टको व्यबस्था नहुँदा समस्या भएको भन्दै यसमा ध्यान दिनुपर्ने नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले बताउनुभयो । शनिबार परेको विश्व फार्मेसी दिवसको अवसरमा घोराहीको वीपी चोकमा भएको दिपप्रज्वलन पछि आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।“अहिले फार्मेसी भएपनि फार्मसिष्ट भन्दा अन्य ब्यक्तीले औषधी वितरण गर्ने र त्यसले विरामीलाई असर गर्ने गरेको भन्दै यसमा गम्भीर बन्नुपर्ने उहाँको भनाई थियो ।

साथै फार्मेसी पढेका व्यक्तीहरुको लाईसेन्स भाडामा दिने र त्यसको प्रयोग गरेर अन्य ब्यक्तीले फाईदा लिने गरेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कृष्णसेन ईच्छुक प्राबिधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बीसीले पछिल्लो समय फार्मेसीमा विद्यार्थीको क्रेज बढेको भन्दै विद्यार्थीले पनि फार्मेसीको महत्व बुझ्नु पर्ने बताउनुभयो ।


त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधी ऐन २०३५ मा जहाँ औषधी हुन्छ, त्यहाँ फार्माष्टि हुनुपर्ने बताउनुभयो । तर, अहिलेसम्म त्यस्तो व्यबस्था नहुँदा समस्या भएको समेत उहाँको भनाई थियो ।

यो कार्यान्वयन आबश्यक रहेको समेत उहाँको भनाई थियो । साथै फार्मासिष्टहरुले आफ्नो महत्व नबुझ्दा पनि समस्या रहेको उहाँको भनाई थियो ।

त्यस्तै स्वास्थ्य कार्यालय दाङका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले नेपालमा औषधीमा अरवौ बजेट भएपनि फार्माशिष्ट नहुँदा औषधी वितरण, भण्डारणलगायतमा समस्या रहेको बताउनुभयो ।