बरिष्ठ पेट रोग विशेषज्ञ तुलसीपुर आउँदै

तुलसीपुर, ८ असोज । बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग बिशेषज्ञ डा. अरुण ज्ञवाली तुलसीपुर आउने भएका छन् ।

प्रत्येक शुक्रबार तुलसीपुरको ‘ग’ लाईन स्थित नागरिक केयर हस्पिटल प्रालि तथा पाल्पालिका पोलिक्लिनिकमा आउन लागेका हुन् ।


हस्पिटलका प्रबन्ध निर्देशक सुरज ज्ञवालीले आगामी असोज १२ गते डाक्टर आउने भएकाले सहभागि हुन अनुरोध गरेका छन् । उनी त्रिवि शिक्षन अस्पतालमा लामो समय काम गरेका ब्यक्ती हुन् ।

हाल अस्पतालमा जनरल फिजिसियन बिशेषज्ञ सेवा,नाक,कान,घाँटी रोग बिशेषज्ञ सेवा, सल्यक्रिया, रेडियोलोजी, प्रसुती तथा महिला रोग बिशेषज्ञ सेवा, ल्याब , फर्मेसीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।