प्रदेश सरकारबाट शान्तिनगरमा दर्जन बढि योजना

निराश पान्डे
शान्तिनगर, ९ असार ।

लुम्बिनी प्रदेश सरकारबाट शान्तिनगर गाउँपालिकामा एक दर्जन बढी विभिन्न योजनाहरु पर्न सफल भएका छन। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय अन्तर्गतबाट शान्तिनगरको विभिन्न वडाहरुमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशेष पहलमा योजनाहरु परेको जनाइएको छ।


जस अनुसार शान्तिनगरको खैरेनी जुम्लेकुला सडक कालो पत्रे, कोर्बाङ्ग कासिपुर हुँदै रंगैजा सडकको कासिपुर रंगैजा खन्ड कालो पत्रे, स्वामिगैरा पेदिखोला बाघखोर सडक स्तरोन्नति, तेसैगरी नेपाल डांडामा स्वास्थ्य चौकी भवन निर्माण, कुवा गनारी कुलो सिचाइ लाइन बिस्तार ढोरेनी, सहिद स्मृति भवन निर्माण , नयाँ बस्तिखोला खानेपानी योजना, खैरेनी बन भवन पिपल डाडा घुस्रा सडक निर्माण, बान्द्रे खोला खानेपानी योजना पाइप लाइन बिस्तार छन्  ।

त्यसै गरी झुन्डिधारी कुलो निर्माण, शालिक राम ओलिको घर देखि बुद्ध माबी जाने सडक निर्माण, वडा नम्बर १ को स्वास्थ्य चौकिको लागि एम्बुलेन्स खरिद, र सिम चौपारी देखि खानेपानी ट्याङ्की र बिच गनारी आले चौपारी सडक स्तरोन्नतिको लागि लुम्बिनी प्रेदेस सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट बिनियोजन गरेको अध्यक्ष प्रमोद बस्नेतले जनाउनु भएको छ।