शितलपुर सरसफाई

तुलसीपुर, २४ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित शितलपुर घाट जाने सडक मर्मत गरिएको छ । बर्षायामको समयमा हिलाम्मे तथा पिपलबोट वरिपरि हिड्न र सवारी आवागमनमा समस्या थियो । अब भने सहज हुने भएको छ । ग्राभेल भए सङ्गै अब त्यहा सवारी पार्किङको समेत समस्या समाधान भएको छ ।


उक्त मर्मत कार्य वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतका अनुसार त्यहाँ निकै फोहर हुँदा आवत जावतमा समस्या भएकाले सरसफाई गरिएको हो । सार्वजनिक स्थल निर्माण तथा विकास गर्ने सवालमा सबै एक जुट हुनुपर्ने वडाध्यक्ष रावत बताउँछन् ।