
दाङ, १७ माघ ।
झुलिनी सेवा समाज नेपालले आफ्नो स्थापना दिवसको अवसरमा २०८२ साल माघ १० गते दाङस्थित अञ्चल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १६ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याउनु हुने सम्पूर्ण रक्तदाताहरूप्रति संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रक्तदान जस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले झुलिनी सेवा समाज नेपालको समाजसेवाप्रतिको प्रतिबद्धता उजागर गरेको छ।



लाइभदाङ । १८ माघ २०८२, शनिबार १२:५६ बजे