बबई गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत

रामप्रसाद सुवेदी
हापुरे, १५ जेठ ।

दाङको बबई गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ। आज भएको कार्यपालिका निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ जना निर्वाचित र एक जना दलित तथा अल्पसंख्यक समुदाय अन्तरगत मनोनीत भए संगै बबई गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको हो ।


आज भएको कार्यपालिकामा निर्वाचनमा नेकपा एमालेका तर्फबाट, शान्ती परियार,नोखी डाङ्गी, भिमा कुमारी बुढा र सावित्रा परियार निर्वाचित हुनुभएको छ भने दलित तथा अल्पसंख्यक समुदाय अन्तरगत नेकपा एमालेका तर्फबाट नारायण परियार र नेपाली काङ्ग्रेसका तर्फबाट मोतिसरा बि क मनोनित हुनुभएको छ।

कार्यपालिका समिति १५ सदस्यीय हुने संबैधानिक व्यवस्था रहे अनरुप बबईको कार्यपालिकामा गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, उपाध्यक्ष बमकुमारी खड्का, ७ वटै वडाका वडाध्यक्ष संगै आज निर्वाचित ४ जना सदस्य र मनोनित २ जना गरि जम्मा १५ सदस्यीय कार्यपालिका तयार भएको छ। बबई गाउँपालिकामा ३७ जना सदस्य मध्य २० जना नेपाली कांग्रेसबाट र १७ जना सदस्य एमालेबाट निर्वाचित भएका थिए ।