नेपाल स्वास्थ्य प्राविधिक संघद्वारा कारागारमा बृहत रक्तदान तथा कैदी बन्दीहरुको विशिषज्ञ स्वास्थ्य परिक्षण 

दाङ, ६ साउन । नेपाल स्वास्थ्य प्राविधिक संघ (Pan)दाङको आयोजनामा कारागार कार्यालय तुल्सीपुरमा बृहत रक्तदान तथा बृहत स्वास्थ शिविर सम्पन्न भएको छ। नेपाल स्वास्थ्य प्राविधिक संघ दाङका अध्यक्ष दोर्न बहादुर ओलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नु हुँदै संघका केन्द्रीय सचिव ओम प्रकाश न्यौपानेले जनताको मौलिक अधिकारको रूपमा रहेको आधारभूत स्वास्थ सेवा राज्यले हरेक नागरिकलाई आफ्नै घरदैलोमा पुर्याउने दायित्व भएको बेला संघले पनि त्यसमा सहकार्य गर्दै पहिलो पटक बृहत रूपमा कैदी बन्दीहरु रहेको गृह पनि एउटा सुधार गाउँ रहेकोले युक्त सुधार गाउँमा रहेका बन्दीहरुको लागि बिशिशज्ञ चिकित्सक द्वारा बृहत स्वास्थय शिविर र कैदी बन्दीद्वारा नै सो स्फूर्त रक्तदान कार्यक्रममा सरिक हुनु अत्यन्तै महा पुण्य काम भएकोमा रक्तदान गर्ने सम्पूर्ण बन्दीहरुलाई धन्यवाद प्रदान गर्नु भएको थियो। त्यसै गरी विशेष अतिथिको रूपमा बोल्दै कारागार प्रशासक चिन्तामणि रेग्मीले कैदी बन्दीहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने ,दैनिक योगा व्यायाम, खाना, पानी सरसफाईमा विशेष ख्याल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने संघले यसरी कारागारमा सरकारले गर्नु पर्ने काममा हातेमालो गरेकोमा संघलाई धन्यबाद ज्ञापन प्रदान गर्नु भएको थियो। कार्यक्रममा संघका केन्द्रीय सदस्य विष्णु कुमार गिरि , खड्ग बहादुर चौधरी,विमल केसीले पनि रक्तदान तथा स्वास्थ शिविर तथा संगठनको बारेमा आफ्नो धारणा राख्नु भएको थियो।
उक्त बृहत रक्तदान तथा स्वास्थ्य शिविरमा पान जिल्ला कार्यसमिति दाङका अध्यक्ष दोर्न बहादुर ओलीले जिल्लामै यसरी यति धेरै संख्यमा कैदी बन्दी द्वारा रक्तदान गरिएको पहिलो पटक भएको बताउदै आजको यस संघ द्वारा बृहत रक्तदान कार्यक्रम सहयोग गर्नु हुने सम्पूर्ण टीम ,कारागार व्यवस्थापन टीम, सुरक्षा टीम , नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुलसीपुर टीम तथा राप्ती लाईफ केयर अस्पतालका रेडियोलोजिस्ट डा.पुस्प रिजाल सहितको टीम , डेन्टल सर्जन डा आनन्द ज्योति ओली सहितको टीम लगायत सबैलाई धन्यवाद तथा आगामी दिनमा पनि थप विशिशज्ञ सेवा सहित स्वास्थय शिविर कार्यक्रम संचालन गरिने प्रतिबद्धता जनाउनु भएको थियो।

कारागारमा रहेका ५२५ जना कैदी बन्दी मध्ये ४८१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। नि:शुल्क स्वास्थ्य परिक्षणमा कैदी बन्दीकोहरुकोलागी नि:शुल्क स्वास्थ्य परिक्षणमा दन्त चिकित्सक तथा अल्फा डेन्टल क्लिनिकका डा. आनंद ओलीले ८६ जनाको दाँत परिक्षणमा १३ जनाको कुहेको दाँत निकालि दिनु भएको थियो भने १ जनामा संकास्पद ओरल क्यान्सरको शंका गरिएको थियो भने अन्य दातको समस्या भएकालाई परामर्श र औषधि प्रदान गर्नु भएको थियो।
त्यस्तै राप्ती लाईफ केयर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा. पुस्पराज रिजालले १५४ जनाको भिडियो एक्सरे गर्नु भएकोमा ११ जनामा पत्थरी,४१ जनामा फ्याट्टी लिभर, प्रोस्टेट को समस्या ४ जनामा र अन्य मा सामान्य अवस्था भएको बताउनु भएको थियो।जस् मध्ये १३ जनालाई पुन: परिक्षणको लागि परामर्श गरिएको छ।


जनरल स्वास्थय परिक्षणमा ९१ जनामा महिला १५ जना र ७६ जना पुरुष मध्ये टाउको दुख्ने,अम्लपित्त ,जोर्नी दुखाइ ,कान, उच्च रक्तचाप, मधुमेह,तथा छालाको समस्या देखिएको थियो ।
५५ जना मनो सामाजिक समस्या भएकालाई मनोपरामर्श कर्ता द्वारा व्यक्तिगत तथा सामूहिक रूपमा मनोपरामर्श सेवा प्रदान गरिएको थियो।जसमा महिला २० र पुरुष ३५ जनालाई मनो परामर्श गरिएको थियो।
उक्त कार्यक्रममा १११ जना कैदी बन्दीहरुले रक्तदान समेत गरेका थिए। जसमा ५ जना महिला र १०६ जना पुरुष रक्तदानमा सहभागी भएका थिए।
त्यसै गरी २६ जना महिला बन्दी हरुको स्वास्थय परिक्षन मा पाठेघरमा १ जनामा ट्युमर, १ जनामा पानी फोका देखिएको थियो भने अधिकांश महिलामा पाठेघरको समस्या देखिएको थियो। ग्यास्ट्रिक, तल्लोपेट दुख्ने,टाउको दुख्ने निद्रा नपर्ने जस्ता समस्या देखिएकोमा सबैलाई भिडियो एक्सरे, मनो परामर्श तथा औषधि प्रदान गरिएको थियो।
कारागार भित्रै यसरी चिकित्सक टोली आएर भिडियो एक्सरे, मनोपरामर्श , दाँत सेवा , जनरल स्वास्थय परिक्षण गराउन पाउँदा र आफ्ना स्वास्थ्य समस्या खुलस्त राख्न पाउँदा तथा समाजमा कैदी बन्दीले पनि अर्काको ज्यान जोगाउने कार्यमा रगत दान गरेर सहयोग पुर्याउन सक्छन् र समाजमा कैद मुक्त भए पछि आफूहरुमा सुधार आएको र समाजमा हाम्रो पनि महत्त्व छ भन्ने देखाउन पाउँदा खुसी लागेको बताएका थिए।
ऊक्त बृहत स्वास्थय शिविरमा वासुदेव चौधरी, डम्बर बहादुर विष्ट, कमला गिरी, लक्ष्मी अधिकारी, दीपा सुनार,सिन्धु हमाल, मालती बुढाथोकी,बुद्धि राज सापकोटा, सीताराम न्यौपाने, सबि रेउले, कृष्णा चौधरी तथा रक्तसञ्चार सेवा केन्द्र तुलसीपुरका स्वास्थ्य कर्मी नरेश चौधरी तथा गोमा ओली लगायतका स्वास्थयकर्मी द्वारा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श गरिएको थियो।
संघकी जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव रामेश्वर आचार्यले गर्नु भएको थियो।