दंगीशरणमा एक महिने ब्युटिसियन तालिम सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, २३ असार ।
दंगीशरण गाउँपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित १ महिने ब्युटीसियन तालिमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरीएकोछ ।

कार्यपालिका सदस्य टंकि भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा तालिमको समापन गरीएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिलाहरूमा सिप विकास गरी आयआर्जनमा प्रत्यक्ष जोड्न यस्ता तालिमहरुको आयोजना गरीएको बताउनुभयो ।


समयको विकास सङ्गै सौन्दर्यकलाको माग पनि अत्यन्तै बढेकाले आफ्नो स्थानिय स्तरमा ब्युटिसियनहरु उत्पादन भएकोमा खुसि ब्यक्त गर्नुभयो । वडाले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार तालिमका लागि आवेदन माग गरी २९ जनाको निवेदन परी २५ जनाले सिप हासिल गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै बिशिस्ट अथिती प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले जो आफु ब्युटिसियन तालिमनै गरी व्यावसायिक रुपमा अगाडी बढ्छु भन्नेहरुका लागी अब आउने तालिमलाई अगाडी लैजान वडालाई निर्देशन दिनुभयो ।

तालिम अवधि कम भएको प्रशिक्षार्थीको गुणासोलाई इङ्गित गर्दै प्रमुख भट्टराईले आगामि दिनमा गाउँपालिकाबाट पनि यस तर्फ चासो राख्ने बताउनुभयो । वडा कार्यालयका कृषि प्राविधिक लता घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिब कुमारी खड्काले गर्नुभएको थियो ।