सेवामुखी भावका साथ शान्ति समाजले ग¥यो रक्त दान

सुशील बस्नेत
दाङ, ३१ जेठ ।

विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रम गरेको छ । समाजले दाङ लगायत देशका विभिन्न जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो ।

दाङमा मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्त्दान गर्नु भएको दाङ शाखा सभापति तुलसीराम सुनारले जानकारी दिनु भयो । जन्मदिनको अवसरमा युवा व्यवसायी एवम शान्ति समाजका सदस्य हेमेन्द्र खड्काले रक्तदान गर्नुभएको हो । रक्तदान जीवन दान भएकाले रक्तदान गर्दै आएको खड्काले बताउनु भयो ।


उहिले यसपटक गरि २० औ पटक र उहाँकि श्रीमती सरिता खड्काले १३ औ पटक रक्तदान गर्नु भएको छ । जगतमुखी, जिवनमुखी , सेवामुखी भावका साथ समाजले स्वमसेबी संस्थाका रुपमा रक्तदान , वातावरण संरक्षण, दुर्ब्यसनी बिरुद्ध , लगायतका अभियान सन्चालन गर्दै आएको छ । रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ ।

मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। यसवर्ष ’अरुका लागि पनि सेवाभाव जगाऊँ रक्तदान गरौँ जीवन बाडौँ’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ । मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ। शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब ७ प्रतिशत रहेको हुन्छ। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानीनोक्सान नहुने चिकित्सकहरु बताउँछन्। सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्।