तुलसीपुरमा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु

दाङ, ८ असार ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनमा तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम असार ८ गते देखि ११ गते सम्म एकान्त होटेल एण्ड लज तुलसीपुर , दाङमा सुरु भएको छ ।

उक्त कार्यक्रममा १२ वटै जिल्लाबाट सहभागीता रहेको थियो। गोभिन्द बहादुर केसीको अध्यक्षतामा र कृष्ण प्रसाद पन्थको प्रमुख आथितिमा कार्यक्रम सुरु भएको हो ।


सामाजिक विकास मन्त्रालय तथा कार्यक्रमका प्रमुख अथिति कृष्ण प्रसाद पन्थ र प्रदेश युवा परिषदका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोभिन्द बहादुर केसीले ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रमको शुभकामना दिनु भएको हो ।

युवा समन्वय सञ्जाल सयोजक तथा कार्यक्रम सयोजक अरूण लहरे, प्रमुख प्रशिक्षक प्रकाश उपाध्याय, सामाजिक विकास मन्त्रालय शाखा अधिकृत शुदसन शर्मा, सुरेश रावत , बिन्दु खड्का, आयुसा कँडेल लगाएतको सहभागीता थियो ।