प्रादेशिक अस्पतालमा डिजिटल हाजिरी

दाङ, ८ चैत ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालले डिजिटल हाँजिरी लिन सुरु गरेको छ । अस्पतालमा कार्यरत चिकित्सिक, स्वास्थ्यकर्मी,कर्मचारीलगायतकालागि डिजिटल हाँजिरी लागु गरिएको हो । यसले कर्मचारीहरुलाई समय पालनकालागि सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. पदमराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक हप्ता ४० घण्टाका दरले महिनामा १६० घण्टा कर्मचारीले काम गर्नु पर्छ । सोही अनुसार हाँजिरी नभएको पाइएमा दामासाहीले तलब समेत कटौति गर्ने गरि यो हाँजिरी लागु गरिएको उहाँको भनाई छ । यस अघि रजिष्ट्ररमा हाँजिरी लगाउने गरिएको थियो । जसले गर्दा समय पालनमा फितलो भएको गुनासो आएपछि हालै डिजिटल हाँजिरी लागु गरिएको हो ।


खासगरि चिकित्सकहरु समयमा नआउने तथा कार्यसमय भन्दा अगाबै निस्किने गरेको ब्यापक गुनासो आउने गरेको थियो । त्यसलाई ब्यबस्थापन गर्नकालागि पनि यो डिजिटल हाँजिरी लागु गरिएको हो । हरेक चिकित्सक, कर्मचारी,स्वास्थ्यकर्मीहरुले आएको समय र जाने बेला अनिवार्य डिजिटल हाँजिरी गर्नुपर्छ । डिजिटल हाँजिरी लगाउन थालेपछि चिकित्सक तथा कर्मचारीहरुले समयलाई ख्याल गर्ने भएकाले पनि कामप्रति लगाब बढ्ने समेत विश्वास लिइएको छ ।