माओवादी केन्द्र तुलसीपुर ९ द्वारा शुभकामना आदानप्रदान

तुलसीपुर,२ वैशाख । नेकपा माओवादी केन्द्र तुलसीपुर ९ ले शुभकामना आदानप्रदान गरेको छ ।

नयाँ बर्ष २०८१ को अवसरमा उक्त कार्यक्रम भएको हो । पार्टीका वडाध्यक्ष मदन हमालको अध्यक्षता तथा दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहितको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।


त्यस अवसरमा पार्टीका सचिब तुलाराम भण्डारी, नगर सदस्य केशव वली,दुर्गा शर्मा, घनश्याम डाँगीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

त्यस अवसरमा बक्ताहरुले नयाँ बर्षमा पार्टीका गतिबिधिलाई नयाँ ढंगबाट अघि बढाउनु पर्ने बताएका थिए ।