परराष्ट्रमन्त्री खड्काले लिए शपथ

काठमाडौं, ६ असोज । कांग्रेस नेता डा। नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।


मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'