स्वास्थ्य चौकीमा फार्मेसी सेवा

मन बहादुर बुढाथोकी
तुलसीपुर, २२ असोज ।
दाङको एक स्वास्थ्य चौकीले फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । दाङको राप्ती गाउँपालिका वडा नं.५ मा रहेको स्वास्थ्य चौकी सिसहनियाँले फार्मेसी सेवा सुरु गरेको हो ।

स्वास्थ्य चौकीमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ९८ प्रकारका औषधीले मात्रै नपुग्ने भएकाले विरामीको सहजताकालागि थप औषधी सहितको फार्मेसी सेवा सञ्चालनमा ल्याईएको हो ।


राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार २४ सै घण्टा सेवा दिने गरि कर्मचारी समेत ब्यवस्थापन गरिएको छ । फार्मेसी सञ्चालन भए पछि बिरामीहरुलाई औषधीकै लागि बजार पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ । साभारः अग्रिम साप्ताहिक