चलचित्र पत्रकार संघद्वारा पत्रकार पुरस्कृत

गोकर्ण पौडेल
तुलसीपुर, १० फाल्गुन ।
चलचित्र पत्रकार संघ दाङले वार्षिकोत्सवका अवसरमा दाङ जिल्लामा रही पत्रकारिताका क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सम्मान गरेको छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्य एवम रेडियो हाइवेका समाचार सम्पादक लिला शाह, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत, अन्नपूर्ण दैनिकका गोपाल शर्मा भट्टराई, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का, कान्तिपुर टेलिभिजनका अमर क्षितिज भण्डारी र दीपक कुमाललाई सम्मान गरिएको हो ।

चलचित्र पत्रकार संघ दाङको १६ औँ वार्षिकोत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो । संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा देवालोचन रंग पत्रकारिता पुरस्कारबाट नगद नगद एघार हजार एघार सय ११ सहित पत्रकार धुव्रराज न्यौपाने, चमनबहादुर रंग पत्रकारिता पुरस्कारबाट पाँच हजार पाँच सय ५५ सहित पत्रकार देवेन्द्र बस्नेत, भागवत बसन्ता रंगपत्रकारिता पुरस्कारबाट पाँच हजार पाँच सय ५५ सहित पत्रकार एकराज भण्डारी, भीम टीका रंग पत्रकारिता पुरस्कारबाट पत्रकार जयन्ती चौधरी ,चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार झग्गु भण्डारी र मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पूर्ण केसी पुरस्कृत हुनुभएको थियो ।