
दाङ, १४ भदौ ।
नेपाल बार एशोसियशन, जिल्ला बार एकाई दाङको अध्यक्षमा मणिराज आचार्य (मौसम) विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक मुरली घिमिरेले जानकारी दिए ।
आचार्यले ६३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी निर्मल गौतमले ५२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा तिलक बहादुर केसी ६० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लुम बहादुर कार्कीले ५० मत प्राप्त गरेका छन् सचिवमा भरत न्यौपाने ६३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी किरण पौडेलले ५३ मत प्राप्त गरेका छन् ।कोषाध्यक्षमा फकला थारु ६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद आचार्यले ५३ मत प्राप्त गरेका छन् ।
यसैगरी सह-सचिवमा बिना पाण्डे ५७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी हरिश्चन्द्रा कुमारी वलीले ५६ मत प्राप्त गरेकी छिन् । निर्वाचन समिति सदस्य विन्दु अर्यालले जानकारी दिइन् ।
सदस्य पदमा ६४/६४ मत ल्याएर शान्तराज सुवेदी र निश्चल हमाल विजयी भएका छन् ।सदस्यमा दिपक थापासँग ५३ मत बराबरी भएपछि मनिराम चौधरी गोलाप्रथामार्फत विजयी भएका छन् । अन्य सदस्यहरूमा गोपाल प्रसाद भुसाल ६३ मत, धनसिंह गिरी ६५ मत, माधव प्रसाद अधिकारी ६१ मत र विनय कुमार मिश्र ५७ मत प्राप्त गरी विजयी भएको निर्वाचन समिति सदस्य विन्दु अर्यालले जानकारी दिइन् । अध्यक्ष र सचिव प्रगतिशिल प्यानलबाट विजयी भएका छन् भने अन्य सबै प्रजातान्त्रिक प्यानलबाट विजयी भएका छन् ।



लाइभदाङ । १४ भाद्र २०८३, आईतवार २०:५४ बजे