
तुलसीपुर, १४ भदौ ।
दाङको तुलसीपुर स्थित लोकप्रिय ट्याक्सीको आफ्नै एप लोकप्रिय राईड सञ्चालनमा रहेको छ । सञ्चालक घनश्याम डाँगीका अनुसार एप डाउनलोड गरी आफ्नै मोबाइल बाट ट्याक्सी बुकिङ गर्नसकिन्छ । त्यसको लागी Google Crome मा गएर www.lokpriyataxi.com.np एप डाउनलोड गर्न सकिने उनले बताए ।
बिगत २ बर्ष देखि दाङ जिल्ला मै पहिलो पटक तुलसीपुरबाट संचालनमा रहेको लोकप्रिय ट्याक्सीले हाल अनलाइन सेवा सुरु गरेको डाँगीको भनाइ छ । उनका अनुसार हाल अनलाईन सेवा तुलसीपुर र घोराहीमा उपलब्ध रहेको छ । ग्रहाकहरुको माग अनुसार यो सेवा सुरु गरेको उनको भनाइ छ ।



लाइभदाङ । १४ भाद्र २०८३, आईतवार ०६:५९ बजे