तुलसीपुर
५ असोज / अन्र्तराष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा धर्ना दिएको छ । तुलसीपुरको विपि चोकमा आधा घण्टा धर्ना दिईएको हो । आणविक अस्त्ररहित विश्वका लागि गी आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको माग सहित धर्ना दिईएको हो ।
रुस आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, अमेरिका आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, ईजराईल अमेरिका आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर जस्ता नारा लेखिएका प्लेड कार्ड प्रर्दशन गरिएको सभापति तुलसीराम सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारको अध्यक्षतमा भएको कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन, निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि (टिपिएनडब्ल्यु) २०२१ जनवरी २२ बाट लागू भइसकेको बताए ।
त्यसमा ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेको हुँदा सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गरे ।
लाइभदाङ । ५ आश्विन २०७८, मंगलवार २१:२६ बजे