मानपुर गौरीडाँडा खानेपानीद्वारा बाढी पीडितलाई २५ हजार सहयोग

तुलसीपुर, १८ भदौ ।
दाङको मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले हालै रसुवा भोटेकोसीमा आएको बाढीका कारण पुगेको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा रु २५ हजार सहयोग गरेको सचिब मिनराज वलीले बताए ।

१४ भदौमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले संस्थाको सांगठनिक गतिविधि र भावी योजनाहरू प्रस्तुत गर्नका लागि आगामी २०८३ साल भदौ २१ गते तेस्रो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।


साथै संस्थाले आफ्नो सेवाक्षेत्रभित्रका सामाजिक र समावेशी विकासलाई प्राथमिकता दिँदै ज्येष्ठ उपभोक्ताहरूलाई सम्मान गर्ने भएको छ । संस्थाको सेवाक्षेत्रभित्र बसोबास गर्ने ८० वर्ष उमेर नाघेका उपभोक्ताहरूमध्येबाट ७ जनालाई विशेष सम्मान गरिने निर्णय भएको हो ।

यस सम्मानका लागि दलित, महिला, अल्पसंख्यक तथा आदिवासी जनजातिको प्रतिनिधित्व हुने गरी निष्पक्ष रूपमा ७ जना उपभोक्ताहरूको चयन गरिने संस्थाले जनाएको छ ।