राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौं, १८ भदौ ।

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानकी सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री  निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा पदाधिकारी नियुक्त गरेकी हुन् । उपकुलपति डा. मिश्रले सिफारिस गरेका तीन जनामध्येबाट पदाधिकारी छनोट गरिएको जनाइएको छ।

नियुक्तिअनुसार डा. सुरेश विके रसाइलीलाई निर्देशक, श्याम लम्साललाई रजिस्ट्रार, डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिन नियुक्त गरिएको छ।


प्रतिष्ठानका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको व्यवस्थापन र शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको सेवा, शिक्षण तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।