माओवादी केन्द्र तुलसीपुर १३ मा समीक्षा कार्यक्रम

तुलसीपुर,२४ फागुन ।

माओवादी केन्द्र तुलसीपुर १३ ले पार्टीको एक महिने कार्यक्रमको समिक्षा गरेको छ । पार्टीका वडाध्यक्ष देबबहादुर विकको अध्यक्षता तथा नगर सहसचिब भिम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बक्ताहरुले स्थानीयलाई लक्षित गरि पार्टीका गतिबिधि अगाडी बढाउनु पर्ने र सबै नेता तथा कार्यकर्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।


कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर खड्का, नगर सदस्य तथा वडाका सहइञ्चार्ज काशीराम खड्का, वडा कमिटि सदस्य बुद्धि वली, पार्टी सदस्य विष्णुबहादुर बुढालगायतले मन्तब्य ब्यक्त गरेका थिए । पार्टीका वडा उपाध्यक्ष जितबहादुर विश्वकर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब दिलबहादुर खड्काले गरेका थिए ।