
तुलसीपुर, १७ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल तुलसीपुरको आयोजनामा श्रुतिलेखन तथा पठनसीप प्रतियोगिता २०८३ भएको छ । अध्यक्ष सुमन केसीको अध्यक्षता तथा जिल्ला अध्यक्ष सालिकराम कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि कार्कीले विद्यार्थीहरूको पठन र लेखन सीपका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष ठाकुर डाँगी, सचिब छबिकुमार वली, पत्रकार दिपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा छात्र छात्रको श्रुतिलेखन र पठनसीप प्रतियोगिता भएको थियो । जसमा श्रुति लेखन छात्रा तर्फ कृतिका भुषाल प्रमथ, हाजिरा मिया द्वितिय र आस्था परियार तृतिय भएकी थिइन । त्यस्तै छात्र तर्फ दिक्षान्त सिंह प्रथम, गौरव बस्नेत द्वितिय, आदित्य खत्री तृतिय भएका छन् ।
त्यस्तै पठन सीप तर्फ छात्रा जेशिका वली प्रथम, बर्षा बुढा द्वितिय तथा दिपिका वुढा तृतिय भएकी छन् । छात्र तर्फ शौरभ डाँगी प्रथम, कर्ण वली द्वितिय र प्रभास वली तृतिय भएका छन् । विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु यसरी प्रतियोगितामा सहभागि भएका थिए । एनप्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पछिल्लो समय पठन संस्कृति हराएको भन्दै यसलाई उजागर गर्न यस्ता कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुमन केसीले बताए । उनले शिक्षकले भनेको कुरा विद्यार्थीहरुले लिपीबद्ध गर्ने सीपको विकास गर्न श्रुति लेखन गरिएको समेत बताए ।
प्रतियोगिताको निर्णायकमा जनता विद्यापीठ विजौरीका उपप्राध्यापक महेन्द्र भण्डारीसहित थिए । कार्यक्रमको सहजीकरण नगर उपाध्यक्ष लिलाधर भण्डारीले गरेका थिए ।



लाइभदाङ । १७ भाद्र २०८३, बुधबार २२:२३ बजे