बाढीपछि वेपत्ता तुलसीपुरका राना परिवारको सम्पर्कमा

तुलसीपुर, १८ भदौ ।
भोटेकोशी बाढीपछि सम्पर्कबिहिन भएका दाङ तुलसीपुर ६ निवासी ४२ बर्षीय टेकबहादुर राना भेटिएका छन् । उनी बुधबार मात्रै परिवारको सम्पर्कमा आएका हुन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार राना रसुवाको धुन्चे ब्यारेकमा नेपाली सेनामा कार्यरत थिए ।


राना सम्पर्कमा आएसँगै रसुवामा सम्पर्कविहीन भएका दाङका ६ जना सकुशल सम्पर्कमा आएका छन् । सम्पर्कमा आउने सबै पुरुष हुन् । यस्तै बाढीपछि अझै पनि दाङका ५३ जना नागरिक सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा ४४ जना पुरुष र ९ जना महिला रहेको पुनले बताईन् ।