लगातार ५ दिन सार्वजनिक बिदा, भदौ १९ देखि २३ गतेसम्म

काठमाडौं, १८ भदौ ।
नेपालीहरूले भदौ १९ गतेदेखि लगातार पाँच दिन सार्वजनिक बिदा पाउने भएका छन्। सरकारले भदौ २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बिदा लगातार पाँच दिन पुगेको हो।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा रहेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा हुनेछ।


त्यस्तै, रसुवा बाढीमा ज्यान गुमाएकाको शोकमा भदौ २२ गते आधा झण्डा झुकाउने निर्णय गरिएको छ। भदौ २३ गते भने गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको जनाएको छ।

यससँगै भदौ १९ गते शुक्रबारदेखि २३ गते मंगलबारसम्म लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ।