दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज

दाङ, ३ मंसिर ।
दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज गरिएको छ । तुलसीपुर उपमहानगरापलिका वडा नम्बर १३ शितलपुर बबई नदिको पुल नजिकै भेटिएको संकास्पद वस्तुलाई तुलसीपुरबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

संकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिहान करिब साढे एघार बजे तिर सो संकास्पद वस्तु डिस्पोज गरिएको हो ।


सो वस्तु बम नभएर आगलागी भएको बेला आगो नियन्त्रण गर्न प्रयोग गरिने फाएर एक्सटिङ बुसरको खाली भाडाँ मात्र रहेको आशंका गरिएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।