बुटवल, ८ जेठ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर बुद्धबहादुर थापा क्षेत्री सिफारिस हुनु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सिफारिस गर्नु भएको हो ।
थापा हाल बुटवल उपमहानगरपालिका ९ मा बस्नु हुन्छ । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम थापालाई सिफारिस गरिएको हो ।
लाइभदाङ । ८ जेष्ठ २०८०, सोमबार १३:४६ बजे