यी हुन्, लुम्बिनीमा कांग्रेसबाट मन्त्री बन्नेहरु

दाङ, ९ साउन । लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लागेको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् ।

कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, दाङका प्रचण्डविक्रम न्यौपाने,गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् ।

कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापा बाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेको छ । बुधबार सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुनेछन् ।


मुख्ममन्त्री सहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजेट बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।

यो पनि,

लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, दाङकी सीता चौधरी मन्त्री बन्दै