लुम्बिनी प्रदेशको अर्थ मन्त्रीमा मास्की

दीपक बोहरा
दाङ,१ जेठ ।
लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री धनबहादुर मास्की भएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मास्की यस अघि विनाविभागिय मन्त्री थिए । बजेटको तयारी गर्नुपर्ने भएकाले मास्कीलाई सोमबार अर्थमन्त्रालयको जिम्मेवारी दिईएको हो । १४ बैशाखमा काँग्रेस, माओवादी कन्द्रसहित ८ दलका समर्थनमा चौधरी मुख्यन्त्री भएसंगै तीन जना मन्त्री थपेका थिए । तर, तीनै जनालाई जिम्मेवारी तोकिएको थिएन ।

सोमबार मात्रै मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो, भने अन्य मन्त्री दुई जना मन्त्रीको अझै पनि जिम्मेवारी तोकिएको छैन । मास्की माओवादी केन्द्रबाट दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित हुन् । मास्कीले आजै कार्यभार सम्हाल्ने छन् । मन्त्री थप गर्ने तथा भागबण्डाको विषयमा बुधबार मात्रै टुंगो लगाउने गरि तयारी गरिएको छ ।
मुख्यमन्त्रीले १८ वैशाखमा विश्वासको मत लिएका थिए ।


काँग्रेस, माओवादी केन्द्रसहित बिभिन्न ८ दल र एक स्वतन्त्र साँंसद गरि ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । लुम्बिनीमा १० वटा मन्त्रालय मात्रै छन् ।

गठबन्धनमा काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसद छन् । त्यस्तै विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् ।

No description available.