दाङमा खोलामा डुबेर ५ बर्षीय बालकको मृत्यु

दाङ, २१ असार ।
पश्चिमदाङमा खोलामा डुबेर ५ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई – ७ मलई ९लामितरा० का लिल बहादुर बुढाथोकीका ५ बर्षीय छोरा डेभान्स बुढाथोकी रहेका छन् ।


शनिवार साँझ साढे ६ बजेतिर साथीहरुसंग खोलामा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख कमल परियारले जानकारी दिएका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।